अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी कार्यालयलाई हप्तामा दुई दिन बिदा दिन सीसीएमसीको सिफारिस

सरकारी कार्यालयलाई हप्तामा दुई दिन बिदा दिन सीसीएमसीको सिफारिस


काठमाडौं- कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

सीसीएमसी संक्रमण नियनत्रणका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको हो । सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइको छ ।

आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय सञ्चालन गर्न पनि सिफारिस गरिएको छ । संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्ने समेत उल्लेख छ ।