अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसांसद विदुर पौडेललाई मष्तिष्काघात

पूर्वसांसद विदुर पौडेललाई मष्तिष्काघात


काठमाडौं- राष्ट्रियसभाका पूर्वसदस्य प्रा. विदुर पौडेल मष्तिष्काघात भएको छ । मष्तिष्काघात भएपछि उहाालाई उपचारका लागि काठमाडौंं मेडिकल कलेज सिनामङ्गलमा भर्ना गरिएको छ ।

अधिकारसम्पन्न बागतमी ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिनुभयो ।

पक्षाघातसमेत भई उहाँको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उहाँका भतिजा परमेश्वरले जानकारी दिनुभयो ।

सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्नुभएको थियो । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उहाँले विरोध गर्नुभएको थियो ।