नयाँदिल्ली- दिल्ली क्यापिटल्सका स्पिनर रवीचन्द्रन आश्विनले आईपीएलका बाँकी म्याच नखेल्नु हुने भएको छ ।
परिवारका सदस्यहरू कोभिड-१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उहाँहरूलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताउनु भएको हो ।
आश्विनले गर्नु भएको ट्वीटमा ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो’ भन्नु भएको छ ।
भारतमा कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिएको अवस्थामा आईपीएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।
दिल्लीले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।
यसैबीच, रोयल च्यालेन्जर्स बैंग्लोरमा अनुबन्ध केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड-१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।
प्रतिक्रिया