अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

देशभर आज ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कारोना भाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जना र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट देशभर ३ हजार १७६ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर २२ हजार ४३४ सक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।