अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हवाइ सेवा यथावत रहने

हवाइ सेवा यथावत रहने


काठमाडौं- मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका बीच पनि हवाइ उड्यनमा विशेष नियमसहित उडान जारी राख्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले आन्तरिक र तथा अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिने निर्णय गरेको हो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्हावाङ्फेका अनुसार आन्तरिक उडानलाई सुरक्षाका उपाय अपनाएर नियमित गर्ने निर्णय भएको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय उडानमा कोरोना विरुद्धको खोपका दुवै डोज हानेका र जहाज चढ्नुभन्दा २४ घण्टा अघि स्वाव परीक्षण गर्दा कोरोना नलागेको पुष्टि भएमा विदेशबाट आउन दिइने भएको छ ।

‘यसरी आउनेहरूले सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्नुपर्दछ । १४ दिन क्वारेन्टाइनमा बस्नु पर्दछ,’ मन्त्री तुम्हावाङफेले नेपाली बहस डट कमलाई भन्नुभयो ।

अर्का एक मन्त्रीका अनुसार कोरोना नियन्त्रण सम्बन्धि उच्च स्तरीय समिती (सीसीएमसी)ले गरेको सिफारिसका अनुसार पहाडमा २ सय र तराइमा ५ सय जना सक्रिय संक्रमित भएमा जिल्ला प्रशासन कार्यलयले लकडाउन गर्न सक्ने अधिकार दिएको छ ।