अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानूनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सहीः बास्कोटा

कानूनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सहीः बास्कोटा


काठमाडौं– पूर्वमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले अदालत धाएमा असन्तुष्टि जनाउनुभएको छ ।

फेसबुकमा लेख्दै बास्कोटाले नेपालको गतिविधिप्रति असन्तुष्टि जनाउनुभएको हो । ‘कमरेड नेपाल आधाशताब्दी देखि सिछान्तको राजनीति गर्दै आएको हुँ भन्छन् तर आजभोलि अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो। कुन्ती मोक्तानकै धरान धनकुटा भो उनको राजनीति,’ उहाँले लेख्नुभएको छ,‘ कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही। कठिन छ, त न एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा ।’