अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला माओवादीले स्थायी कमिटी बैठक बसिरहेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल हुने बताइएको छ । साथै, पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुनेछ ।

कांग्रेस, माओवादी र जसपाको एउटा समूह मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।