अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

 ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण


काठमाडौं- ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको हो ।

उहाँका स्वकीय सचिव लीला जीसीका अनुसार मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

‘सोमबार मन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिनु भएको थियो । मन्त्रीज्यू, परिवार र सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको छ,’ स्वकीय सचिव जीसीले भन्नुभयो ।