अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन लिन त्रिभुवन विमानस्थल गएका एक जना पक्राउ

सुन लिन त्रिभुवन विमानस्थल गएका एक जना पक्राउ


काठमाडौं- त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा सुन लिन गएका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ८ सय १२ दशमलव ५ ग्राम सुन लिन गएका सुरेशकुमार शर्मा रहेका छन् ।

जजिरा एअरको विमानबाट सोमबार कुबेतबाट काठमाडौं आएका सुरेशकुमार शर्माको लगेज आएको थिएन । लगेज ढिला आएकाले सुरेशकुमार आज बिहान विमानस्थल पुगेको प्रहरीले जनाएको छ ।

लगेज चेकजाँच गर्दा सो परिमाणको सुन लुकाएर ल्याएको भेटिएपछि भन्सार कार्यालयले प्रहरीको जिम्मा लगाएको हो ।

करिब २१ वर्षका सुरेश विरानटगर महानगरपालिकाका बासिन्दा भएको बताइएको छ । प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।