अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना नियन्त्रणका लागि देशभर युवा परिचालन गर्ने युवा संघको तयारी

कोरोना नियन्त्रणका लागि देशभर युवा परिचालन गर्ने युवा संघको तयारी


काठमाडौं- युवा संघ नेपालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभरी युवा परिचालन गर्ने तयारी गरेको छ ।

संघका सह-अध्यक्ष किरण पौडेलका अनुसार केन्द्रदेखि वडा तहसम्म संघका कार्यकर्ताहरू परिचालन गरेर कोभिड विरुद्धको सचेतना फैलाउने, सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्ने निर्णय आजको बैठकले गर्दैछ ।

बैठकमा यस कामका लागि स्वयंसेवकहरू कसरी परिचालन गर्ने, कुन पदाधिकारीलाई कहाँको जिम्मेवारी दिने भन्ने पनि निर्णय हुनेछ ।

‘कोरोनाको रोकथाम,नियन्त्रण र उपचारका लागि सरकारले के कस्ता सुविधा दिएको छ । ति सुविधा कहाँ पाइन्छन् भनेर पनि हामी सचेतना जगाउन गाउँगाउँ जान्छौँ,’ पौडेलले भन्नुभयो, ‘अस्पतालमा बेड, अक्सिजनलगायतका सुविधाको न्यायोचित वितरणका लागि तीनै तहका सरकारलाई भन्छौँ । ’