अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि कैलालीमा एक साता निषेधाज्ञा

भोलिदेखि कैलालीमा एक साता निषेधाज्ञा


धनगढी- कैलालीमा भोलिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।