अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाइसेन्सको नयाँ आवेदन बन्द (सूचनासहित)

लाइसेन्सको नयाँ आवेदन बन्द (सूचनासहित)


काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै बिहीबारदेखि अनलाइन आवेदन बन्द हुने जानकारी दिएको हो ।

‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड-१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ ।

सूचना :