अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमित पूर्वराजारानीलाई अक्सिजन सपोर्ट दिन थालियो

कोरोना संक्रमित पूर्वराजारानीलाई अक्सिजन सपोर्ट दिन थालियो


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिन थालिएको छ ।

स्वासप्रश्वासमा समस्या नआओस् भनेर अक्सिजनको सहायता थपिएको अस्पतालले जनाएको हो ।

कोरोना संक्रमित भएपछि पूर्व राजदम्पत्ति शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

उहाँहृसँगै अस्पताल भर्ना हुनुभएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिन नपरेको पनि अस्पतालले जनाएको छ ।

भारतको कुम्भ मेलामा सहभागी हुन जानुभएका शाह दम्पत्तिलाई भारतबाट फर्किएलगत्तै कोरोना संक्रमण देखिएको थियो ।