अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

९२.४६ बिन्दुले बढ्यो नेप्से परिसूचक

९२.४६ बिन्दुले बढ्यो नेप्से परिसूचक


काठमाडौं- आइतबार र सोमबार उच्च अङ्कले घटेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ९२.४६ बिन्दुले बढेको छ ।

उच्च अङ्कले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो ।

लगानीकर्ताले आजको वृद्धिलाई ‘बाउन्स ब्याक’ को संज्ञा दिएका छन् । नेप्से दुई हजार ५९९.०७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४८ अङ्कले वृद्धि भई ४६७.२८ मा पुगेको छ ।

कूल २१६ कम्पनीको एक करोड दुई लाख दुई हजार २१९ कित्ता शेयर रु पाँच अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ मूल्यमा खरिद बिक्री भए ।

जीवन बीमा ५५८.६३, निर्जीवन बीमा उपसमूह ५४३.२७ अङ्कले वृद्धि हुँदा कारोवार भएका सबै १३ उपसमूहको शेयरमा नै वृद्धि भयो ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र छिमेक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो ।

महिला लघुवित्त ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८९ र समिट लघुवित्तका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र १.९४, ग्लोबल आइएमई बैंकको ऋणपत्र १.८७, एसबिएल ऋणपत्र १.७५ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले १.११ प्रतिशतले गुमाए ।