अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको निर्णय : सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

माओवादी केन्द्रको निर्णय : सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य


काठमाडौं- नेकपा माओवादी केन्द्रले सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता जनार्दन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा महिला ३३ प्रतिशत, दलित १५ प्रतिशत र युवा २० प्रतिशतसहितको समावेशी कमिटी बनाउने निर्णय गरिएको हो ।

‘अध्यक्ष क. प्रचण्डको प्रस्तावमा महिला ३३%, दलित १५% र युवा २०% सहितको समावेशी कमिटी बनाउने निर्णय नेकपा (माओवादी केन्द्र) को आज बसेको स्थायी कमिटीको बैठकले गरेको छ । पार्टी निर्माणको लागी यो निर्णय दुरगामी महत्वको हुनेछ,’ नेता शर्माले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । स्थायी कमिटीको बसेको बैठकले पास गरेको अन्तरिम विधानअनुसार अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषध्यक्ष रहेको पदाधिकारी टिम बन्नेछ ।