अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लकडाउनमा मन्त्रालयको र्‍यापिड रेस्पोन्स टिम

लकडाउनमा मन्त्रालयको र्‍यापिड रेस्पोन्स टिम


काठमाडौं- सरकारले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टाेली बनाएको छ ।

वैशाख १६ देखि लागू हुने निषेधाज्ञा अवधिमा उपभाेग्य वस्तुकाे अभाव नहाेस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्‍यापिड रेस्पोन्स टाेली बनाएको हाे । मन्त्रालयका अधिकारीहरु सम्मिलित साे टाेलीले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायणप्रसाद रेग्मीले जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्तिहरु ताेकिएकाे पनि मन्त्रालयले जनाएकाे छ । आपूर्ति व्यवस्थापनको हकमा प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको हकमा जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको विज्ञप्तिमा उल्लेख छ ।