अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी राजदूतले नेपाली भाषामै दिनुभयो कोरोनाबाट जोगिने उपाय

अमेरिकी राजदूतले नेपाली भाषामै दिनुभयो कोरोनाबाट जोगिने उपाय


काठमाडौं- अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानीका साथै सतर्कता अपनाउन सुझाव दिनुभएको छ ।

नेपाली भाषामै ट्वीट गर्दै उहाँले मास्क लगाएर घरमा बस्न उहाँले सुझाव दिनुभएको हो ।

‘कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस्,’ राजदूत बेरीले भन्नुभएको छ ।

उहाँले कम्तीमा दुई मिटर सामाजिक दूरी कायम राख्न र राम्रो भेन्टिलेसन नभएका तथा भिडभाड भएका क्षेत्रमा नजान पनि सुझाव दिनुभएको छ ।

‘नेपालमा कोभिड-१९ को संख्या निरन्तर बढ्दै गएको अवस्थामा हामी सबैले जिम्मेवार हुन अति जरुरी छ । आफू र आफन्तहरूको ख्याल राख्नुहोस्,’ राजदूत बेरीले ट्वीटमा उल्लेख गर्नु भएको छ ।