अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आगोमा जलेर सप्तरीमा सात महिने बालकको मृत्यु

आगोमा जलेर सप्तरीमा सात महिने बालकको मृत्यु


सप्तरी- आगोमा जलेर सप्तरीमा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव हुनुहुन्छ ।

गएराति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछ्यान नजीकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते हुनु भएको थियो ।

घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।