अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१२० जनाको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय [नामावलीसहित]

१२० जनाको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय [नामावलीसहित]


काठमाडौं- सरकारले नेपाल सरकारवादी रहेका १५ वटा मुद्दामा १ सय २० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी दिनुभएको हो ।

‘कानुनी रूपमा र सरकार वादी भइ चलाइएका मुद्दा फिर्ता लिने निर्देशिकाका आधारमा मुद्दा फिर्ता लिइएको छ,’ उहाँले भन्नुभयो ।

तराई मधेश आन्दोलनका बेला तत्कालिन मधेश केन्द्रीत दलका तर्फबाट पक्राउ परेकाहरूमाथि चलाइएका मुद्दा फिर्ता भएको उहाँले बताउनुभयो ।

‘विप्लवसँग सम्बन्धित र अन्य राजनीतिक दलले उठाएका मुद्दासँग सम्बन्धित व्यक्तिहरुका साथै मुख्यगरी जसपा पार्टीका मुद्दा मधेश आन्दोलनका बेलामा चलेका मुद्दाहरू हो,’ प्रवक्ता गुरुङले भन्नुभयो, ‘निर्देशिका २०७७ बमोजिम फिर्ता भएको हो । यो क्रम निरन्तर चल्ने छ ।’

मधेशको आन्दोलनको सम्मान गर्नका लागि पनि मुद्दा फिर्ता लिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

मुद्दा फिर्ता भएका व्यक्तिको नामावली :