अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित


पोखरा- गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गर्नु भएको हो ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उहाँको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिनुभएको थियो ।

सोमबारबाट सुरू भएको प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठकमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची थियो ।