अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पर्कविहीन भएका जनमोर्चाका सांसद शाही आईसीयूमा

सम्पर्कविहीन भएका जनमोर्चाका सांसद शाही आईसीयूमा


पोखरा- राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको ‘आईसीयू’मा भर्ना हुनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला उहाँ भने अस्पतालको आईसीयूमा भर्ना हुनु भएको हो ।

शाहीका स्वकीय सचिव मिलन हमालका अनुसार शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो ।सांसद शाहीलाई पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा राखिएको स्रोतले जनाएको छ ।

उहाँका स्वकीय सचिव हमालले भने अस्पताल र ठाउँको नाम खुलाउन चाहनु भएन । ‘दिउँसो १२ बजे शाही अचानक बेहोस हुनुभयो । अहिले अस्पतामा उपचार भइरहेको छ । ठाउँ र अस्पतालको नाम भन्न मिल्दैन,’ हमालले भन्नुभयो, ‘पोखरा बाहिर चितवनतिर पनि लैजानुपर्ने हुन्छ ।’

जनमोर्चाकी गण्डकी प्रदेश सभा सचेतक पियारी थापाले भने शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिनुभएको थियो ।

प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।