अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘प्रधानमन्त्री आइसोलेसन’ मा भन्ने समाचार गलत : राजन भट्टराई

‘प्रधानमन्त्री आइसोलेसन’ मा भन्ने समाचार गलत : राजन भट्टराई


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बस्ने भनेको समाचार सत्य नभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार यो समाचारमा कुनै सत्यता छैन । ‘प्रधानमन्त्री आइसोलेसनमा बसेको भन्ने नियोजित हल्लाबाट तयार गरिएका समाचार हुन् । यो गलत हो,’ राजन भट्टराईले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘उहाँ आफ्नो नियमित काममा हुनुहुन्छ ।’

कतिपयले बिहानैदेखि सामाजिक सञ्जालमा समेत प्रधानमन्त्री आइसोलेसनमा बसेको भन्दै उहाँको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘झुटा समाचारको भर परेर प्रधानमन्त्रीको स्वास्थ्यका बिषयमा अनावश्यक प्रचार नगर्न सबैलाई अनुरोध गर्दछु,’ भट्टराईले भन्नुभयो ।

प्रधानमन्त्री अहिले अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, कानुनी सल्लाहकार बाबुराम दाहाललगायतसँग छलफलमा हुनुहुन्छ ।

यो छलफलको तस्बिर सार्वजिनक गर्दै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले फेसबुकमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू आइसोलेसनमा भनि प्रचारित समाचार भ्रमपूर्ण छ ।’

भण्डारीका अनुसार यसपछि पनि प्रधानमन्त्री केही आन्तरिक बैठकहरूमा सहभागी हुनु हुनेछ ।