काठमाडौं- काठमाडौंको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका-१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो ।
बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया