अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा कोरोनाबाट थप तीन जनाको मृत्यु

कञ्चनपुरमा कोरोनाबाट थप तीन जनाको मृत्यु


महेन्द्रनगर- कञ्चनपुरमा कोरोना भाइरस (कोभिड-१)बाट थप तीन जनाको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुई जना र दोधाराचाँदनी नगरपालिकाका एक जनाको बिहीबार मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका-१ का ३० वर्षीय पुरुषको मृत्यु भएको महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिनुभयो ।

यस्तै, एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका-१८ की ३६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको अस्पतालले जनाएको छ ।