अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालियो

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालियो


दोलखा- दोलखाको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालिएको छ ।

बिहीबार सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ४सय ५६ मेघावाट क्षमताको आयोजना स्वीच थिचेर पानी खसाल्नुभएको हो ।

पानी खसालेपछि प्रतिक्रिया दिँदै मन्त्री गुरुङले नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण रहेको बताउनुभयो ।

‘योसँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछन्,’ उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उत्पादन हुने विद्युतको औपचारिक रूपमा उद्घाटन गर्ने जानकारीसमेत दिनुभयो ।

नेपालकै लगानीमा बनेको यो योजनाको काम २०६५ सालबाट सुरू भएको थियो ।