पोखरा- दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनु भएको छ ।
मनाङ ‘ख’ बाट निर्वाचित उहाँले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुनेछ ।
२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँ मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी हुनु भएको थियो ।
उहाँका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याउनु भएको थियो ।
प्रतिक्रिया