अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश : युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे नियुक्त

गण्डकी प्रदेश : युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे नियुक्त


पोखरा- दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनु भएको छ ।

मनाङ ‘ख’ बाट निर्वाचित उहाँले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुनेछ ।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो ।

उहाँ मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी हुनु भएको थियो ।

उहाँका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याउनु भएको थियो ।