अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर शाक्यको आग्रह : स्वास्थ्य जटिलता आए ११८० नम्बरमा फोनु गर्नुहोला

मेयर शाक्यको आग्रह : स्वास्थ्य जटिलता आए ११८० नम्बरमा फोनु गर्नुहोला


काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाभित्रको धार्मिक तथा सांस्कृतिक स्थलमा भीडभाड नगर्न महानगरबासीलाई आग्रह गर्नु भएको छ ।

बिहीबार महानगरपालिकाबासीलाई अपिल गर्दै प्रमुख शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलिनसक्ने भन्दै सरकारले जारी गरेको सूचनालाई आधार मानी स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गर्नु भएको हो ।

उहाँले काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक सहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलरूमा पूजापाठ गर्ने प्रचलन रहेको भन्दै धार्मिक स्थलमा भीडभाड हुँदा संक्रमण फैलिने भएकाले ति स्थानहरुमा भिडभाड नगरीदिन अनुरोध गर्नु भएको छ ।

प्रमुख शाक्यले महानगरपालिकाभित्र बसोबास गर्नेहरूमा कुनै प्रकारको स्वास्थ्य जटिलता आएका हटलाइन ११८०, मोबाइल नम्बरहरू ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाअध्यक्षहरूको नम्बरमा सिधै सम्पर्क गर्न पनि प्रमुख शाक्यले आग्रह गर्नु भएको छ ।