अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ४ हजार ९२८ जनामा कोरोना, ३५ संक्रमितको मृत्यु

देशभर आज ४ हजार ९२८ जनामा कोरोना, ३५ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा देशभर ४ हजार ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१२ हजार ५९७ को पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९२८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज ३५ जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ सय ८८ रहेको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।