अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विमानस्थल आउजाउ गर्न ‘प्रिपेड ट्याक्सी’

त्रिभुवन विमानस्थल आउजाउ गर्न ‘प्रिपेड ट्याक्सी’


काठमाडौं- निषेधाज्ञाका बेला जहाजबाट यात्रा गर्ने यात्रुहरूले त्रिभुवन अन्तर्राष्ट्रियतर्फ विमानस्थल आउ-जाउ गर्न ‘प्रिपेड ट्याक्सी’ सेवा पाउने भएका छन् ।

सो सेवा आजैदेखि सुरू भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरपोर्ट प्रिपेड ट्याक्सीबाट यो सेवा लिन सकिनेछ । त्रिभुवन विमानस्थल कार्यालयले बिहीबार सूचना निकालेर सो जानकारी दिएको हो ।

काठमाडौं उपत्यकामा आजदेखि १५ दिनका लागि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञामा पनि हवाई सेवा भने रोकिएको छैन । हवाई यात्रुले वैधानिक हवाई टिकट-पासपोर्ट-भिसा देखाएका आधारमा मात्र विमानस्थल आउ-जाउगर्न प्रिपेड ट्याक्सीको सुविधा लिन सक्ने छन् ।

हवाई यात्रुहरूलाई आउ-जाउ गर्न सहजहोस भनेर सो सुविधा उपलब्ध गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।

सो सुविधा लिनका कार्यालयले फोन नम्बर पनि उपलब्ध गराएको छ । आन्तरिकतर्फ यात्रा गर्ने हवाई यात्रुले ९८४१०७०६२३, ९८४१२८१२७०, ०१४४९९१५९ र ०१४४७४०१४ माफोन गरेर ट्याक्सी बोलाउन सकिनेछ ।

अन्तर्राष्ट्रियतर्फ यात्रा गर्ने यात्रुले ९८०३०५३३५१, ९८०३१४६१२२ र ९८६००१५५१३ नम्बरमा फोन गरेपछि प्रिपेड ट्याक्सी सम्बन्धित ठाउँमा पुग्ने पनि विमानस्थल कार्यालयले जनाएको छ ।