अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवाले बोलाउनुभयो आकस्मिक पत्रकार सम्मेलन

सभापति देउवाले बोलाउनुभयो आकस्मिक पत्रकार सम्मेलन


काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्नु हुने भएको छ ।

आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे कोभिड-१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्नुहुने बताइएको छ ।

मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।