अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण


काठमाडौं- लोक गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

‘धेरै शरिर दुख्ने/गल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए,’ गायक सपुतले फेसबुकमा लेख्नु भएको छ, ‘कोरोना जित्न सकिन्छ भन्‍ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौँ । किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाऊँ, सुरक्षित बसौँ ।’

गायक सपुतले आफू अहिले घरमा आइसोलेट भएको जानकारीसमेत दिनु भएको छ ।