काठमाडौं– नेकपा एमालेले नौ जना महिला नेतालाई जिल्लाको कमाण्ड गर्ने जिम्मेवारी दिएको छ ।
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार १० औं महाधिवेशन आयोजक कमिटीको वैशाख १०, ११ र १२ गते बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीका विभाग र जिल्लाका ईन्चार्ज, सहइन्चार्जहरुको टुंगो लगाएको थियो । जसलाई अभिलेखिकरण गरेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले बैशाख १३ गते जारी गरेको अपानि अनुसार नौ जना महिला नेतालाई जिल्लाको इन्चार्ज बनाइएको छ ।
इन्चार्ज नपाउँदै पार्टी बैठकमा असहमति राख्दै बाहिरिनु भएकी भगवती चौधरीलाई पनि सुनसरीको जिल्ला इन्चार्जमा अटाइएको छ ।
अपानिमा उल्लेख भए अनुसार इन्चार्जको जिम्मेवारी पाउने महिला केन्द्रीय सदस्यहरुमा भगवती चौधरी सुनसरी, मञ्जु चौधरी उदयपुर, विमला घिमिरे कपिलवस्तु, मनकुमारी केसी बाग्लुङ, सिता सुन्दास स्याङ्जा, सुशीला नेपाल ललितपुर, कमला देवी महतो सर्लाही, गौरी ओली डोटी र निरु पाललाई कञ्चनपुरको इन्चार्ज तोकिएको छ ।
एमालेको विधान अनुसार जिल्ला इन्चार्जले सम्बन्धित जिल्ला कमिटीको काममा निर्देशन, समन्वय गर्ने र केन्द्रीय केन्द्रीय अध्यक्ष वा कमिटीलाई त्यस जिल्लाको समग्र पार्टीको अवस्था बारे जानकारी गराउने जिम्मा हुन्छ । जिल्ला इन्चार्जलाई एमाले शक्तिशाली पद मानिन्छ ।







प्रतिक्रिया