काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागिसमेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिनुभएको हो ।
प्रतिक्रिया