अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको शल्यक्रिया

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको शल्यक्रिया


काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सफल शल्यक्रिया गरिएको छ ।

भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो।

उहाँकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएउनु भएको छ । साथै, उहाँले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिनुभएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो । भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना हुनु भएको थियो ।