अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुमत नपुगेकोले अविश्वास प्रस्ताव ल्याउन सकेनौं : देउवा

बहुमत नपुगेकोले अविश्वास प्रस्ताव ल्याउन सकेनौं : देउवा


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत पुर्‍याउन नसकेर सरकार विरुद्ध अविश्वासको प्रस्ताव नल्याएको बताउनुभएको छ ।

शुक्रबार आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरेर देउवाले सो कुरा बताउनुभएको हो । ‘माओवादी र हामी मिल्दा बहुमत पुग्दैन । जसपाले निर्णय गरेको छैन,’ देउवाले भन्नुभयो, ‘अहिले अविश्वासको मत हालौंला पास नहोला । त्यसपछि त फेरि एक बर्ष हाल्नै पाइदैन ।’

जसपासँग के कुरा भइरहेको छ त भनेर पत्रकारले सोधेको कुरामा जंगिदै देउवाले भन्नुभयो ‘अरे यार कुरा भइरहेको छ नि । यहाँ जम्मै भन्नुपर्छ भन्ने छ र ?’