काठमाडौं- हिमाल सफाईको क्रममा १५ वर्षअघि हराइरहेको हेलिकोप्टर र मानव अवशेष भेटिएको छ । नेपाली सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकोप्टरको अवशेष फेला परेको बताएको हो ।
बिहीबार धबलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी ईटाली वेस क्याम्पतर्फ ९ एन ए सी आर लेखेको हेलिकप्टरको अवशेषसमेत समेत फेला परेको सेनाले बताएको छ ।
मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया