अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-भारतबीचका २२ नाका बन्द गर्ने निर्णय

नेपाल-भारतबीचका २२ नाका बन्द गर्ने निर्णय


काठमाडौं- नेपाल र भारतबीचका २२ वटा नाका बन्द गर्ने निर्णय गरिएको छ ।

आज सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने निर्णय गरेको हो ।

२२ नाका बन्द गरिए पनि १३ वटाबाट भने आवतजावत सुचारु राख्ने निर्णय गरिएको छ ।

बैठकमा सहभागी एक सदस्यका अनुसार काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहने छन् । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरू बनाइने निर्णय गरिएको छ ।