अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा आइतबारदेखि निषेधाज्ञा (विज्ञप्तिसहित)

झापामा आइतबारदेखि निषेधाज्ञा (विज्ञप्तिसहित)


झापा- झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले वैशाख २६ गतेसम्मका लागि एक साता निषेधाज्ञा जारी गर्ने निणर्य भएको जानकारी दिनुभयो ।

जिल्ला शुक्रबार बसेको डिसीसीएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने निणर्य भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वसाधारण, कार्यालय सञ्चालन र सभा सम्मेलनको हकमा छुट्टा-छुट्टै निणर्य गरेको छ ।

सर्वसाधारणका लागि अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन, नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्न, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठि नगर्न भनेको छ ।

त्यस्तै, हाट, बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्नेरनगराउने आदेश गरिएको छ ।

त्यस्तै, यातायता सञ्चालनको हकमा जोरविजोर प्रणाली लागू गर्ने निणर्य भएको छ ।

प्रशासनद्वारा जारी विज्ञप्ति :