अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

श्रमिकको पारिश्रमिक १५ सय बढाउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)

श्रमिकको पारिश्रमिक १५ सय बढाउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)


 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनबाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय बढ्ने घोषणा गर्नुभएको छ ।

मे दिवसकोअवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले मासिक १३ हजार ४५० रुपैयाँ न्यूनतम पारिश्रमिक साउनदेखि १५ हजार हुने बताउनुभएको हो । दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रूपैयाँ र प्रतिघण्टा ६९ बाट ७७ रूपैयाँ पुर्‍याइने उहाँको भनाइ छ।

प्रधानमन्त्री ओलीले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने जानकारी दिनुभयो ।