अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्रलाई कर्णको आग्रह : माओवादी बन्ने मन भए पार्टी छोड्नुहोस्

उपेन्द्रलाई कर्णको आग्रह : माओवादी बन्ने मन भए पार्टी छोड्नुहोस्


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले माओवादी बन्ने मन भए पार्टी छोड्न आग्रह गर्नु भएको छ ।

यादवका पछिल्ला गतिविधि जसपा फुटाउन र माओवादी बन्न उद्दत रहेका कर्णले बताउनुभयो । यादवको समूहले लुम्बिनी प्रदेश सभामा गरेको चलखेलबाटै यो प्रष्ट भएको उहाँको भनाइ छ ।

केन्द्रको निर्णय विपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनीका सभामुखले चार सांसद् पदमुक्त भएको सूचना वैशाख १६ गते सार्वजनिक गर्नुभएको थियो ।

सो सिफारिस गैरकानुनी भएको भन्दै सोही दिन नै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र पठाउनुभएको थियो । ठाकुरले निर्णय कार्यान्वयन नगर्न भन्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन समेत दिनुभएको छ ।

उपेन्द्र समूहको कीर्ते हर्कतको विरोध गगदैृ कर्णले भन्नुभयो, ‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार पाँच वर्षसम्म जसपा विभाजन हुन सक्दैन, उपेन्द्रजीहरूलाई जानै मन लागेको हो भने बाटो खुला छ, नयाँ पार्टी खोलेर प्रचण्डसँग गए हुन्छ ।’

‘उपेन्द्रजीले लुम्बिनीमा त्यस्तो गर्नु नै थियो भने पनि बैठक बोलाएर बहुमतको निर्णय गरेर गर्न सक्नुहुन्थ्यो, तर त्यसो गर्नुभएन, उहाँ प्रचण्डबाट निर्देशित मान्छे हो’

प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण जसपा लुम्बिनीमा किचलो देखिएको पनि कर्णले बताउनुभयो । उपेन्द्र यादव आफैँले यस्तो कुरा सोच्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, ‘लुम्बिनीमा प्रचण्डको स्पष्ट सहभागिता छ, प्रचण्डको सहयोगबिना सभामुखले त्यस्तो काम गर्न सक्छ रु उपेन्द्रजी त प्रचण्डको प्याड बन्नुभयो ।’

यादव प्रचण्डबाट निर्देशित मान्छे भएको पनि कर्णले बताउनुभयो । पार्टी र पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको आँखा छलेर प्रचण्डकै निर्देशनमा उपेन्द्रले जसपा लुम्बिनी भाड्नुभएको कर्णले बताउनुभयो । प्रचण्डको सती उपेन्द्र जानुभएको बताउँदै कर्णले भन्नुभयो, ‘उपेन्द्रजीले लुम्बिनीमा त्यस्तो गर्नु नै थियो भने पनि बैठक बोलाएर बहुमतको निर्णय गरेर गर्न सक्नुहुन्थ्यो, तर त्यसो गर्नुभएन, उहाँ प्रचण्डबाट निर्देशित मान्छे हो ।’

प्रचण्ड र बाबुरामको पछाडि लागेपछि उपेन्द्रले मधेसका मुद्दा र माग बिर्सनुभएको कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपेन्द्रजी हामीसँगै मधेसको आन्दोलनबाट आएको मान्छे हो, बाबुराम हिजो हामीसँग मिलेको मान्छे हो, तर बाबुरामको पछि लागेर उपेन्द्रजीले मधेसका मुद्दा र मागहरू भुल्नुभएको छ ।’