अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढीमा थप तीन कोरोना संक्रमितको मृत्यु

धनगढीमा थप तीन कोरोना संक्रमितको मृत्यु


कैलाली- धनगढीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुई र नोभा अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

टीकापुरकी संक्रमित महिला वैशाख ११ र भीमदत्तका वैशाख ५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उहाँहरू दुवैलाई कडा खालको निमोनिया थियो ।

यस्तै, धनगढीस्थित नोभा अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ।