बागलुङ- बागलुङकोे बरेङ गाउँपालिका-१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ-१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।
घाइते पौडेलको बायाँ हातको बूढी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुन सक्ने भन्दै काठमाडौं पठाइएको हो ।
उहाँलाई थप उपचारका लागि प्रभु एयरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया