अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाले समस्यामा परेका मजदुरको उचित राहतको व्यवस्था गर्न प्रचण्डको अपिल

कोरोनाले समस्यामा परेका मजदुरको उचित राहतको व्यवस्था गर्न प्रचण्डको अपिल


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कोरोना महामारीबाट प्रभावित मजदुरलाई सहयोग गर्न सरकार र नीजि क्षेत्रलाई आग्रह गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय मजदूर दिवस (मई १)का अवसरमा शुभकामना सन्देश जारि गर्दै प्रचण्डले कोरोना महामारीको सबैभन्दा बढी असर मजदुरहरूमा परेको बताउँदै उहाँहरूलाई सहयोगका लागि आग्रह गर्नु भएको हो ।

‘कोरोना भाइरसको दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको छ,’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘उहाँहरूका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’

प्रचण्डले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहिन श्रमिकहरूका लागि सहयोगी हात बढाउनसमेत अपिल गर्नु भएको छ ।

विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदुर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै हामी समाजवादी लक्ष्य तर्फ लामवद्ध हुन आइपुगेको प्रचण्डले स्मरण गर्नु भएको छ ।