अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अधुरो क्रान्ति पूरा गर्न नयाँ पार्टी गठन गरेका हौँ : धमला

अधुरो क्रान्ति पूरा गर्न नयाँ पार्टी गठन गरेका हौँ : धमला


काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा विभाजन भएको छ ।

विप्लव समूहका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला (गम्भिर) ले नयाँ पार्टी गठन गर्नु भएको हो । धमालाले नयाँ पार्टीका नाम जन समाजवादी मञ्च नेपाल राख्नुभएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै ‘बाँकी अधुरो क्रान्ति’ सम्पन्न गर्न नयाँ पार्टी गठन गरिएको धमलाले उल्लेख गर्नुभएको छ ।

क्रान्तिको नाममा विप्लवले नेपाली जनतालाई धोका दिएको पत्रमा उल्लेखा छ । वैज्ञानिक समाजवादको बाटोमा पार्टी अघि बढ्ने पत्रमा उल्लेख छ ।

विप्लव नेकपाका १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी नयाँ पार्टीमा रहेको धमलाको दावी छ ।