अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिस्चार्ज गर्न लागिएका एक पुरुषद्वारा आत्महत्या

डिस्चार्ज गर्न लागिएका एक पुरुषद्वारा आत्महत्या


बुटवल- रूपन्देहीमा एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

शनिबार बिहान सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शौचालयमा आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना पोजिटिभ देखिएपछि सैनामैना नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा उनी भर्ना भएको नगर उपप्रमुख बिना रानाले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा बिहान ४ बजे शौचालय गएका उनले झण्डिएर आत्महत्या गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताउनुभयो । ‘स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई डिस्चार्जको तयारी गरिएको थियो,’ पन्थीले भन्नुभयो ।

यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना संक्रमितको अस्थायी कोरोना विशेष अस्पतालमा नै ज्यान गएको थियो । अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको शाखा प्रमुख पन्थीले बताउनुभयो ।