अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार घिमिरेलाई कोरोना संक्रमण

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार घिमिरेलाई कोरोना संक्रमण


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबारदेखि लक्षण देखिन थालेपछि परीक्षण गर्दा उहाँलाई कोरोना पुष्टि भएको हो ।

कोरोना पोजिटि भएपछि उहाँ आज नेपाली सेनाको छाउनीस्थित अस्पतालमा भर्ना हुनु भएको छ ।

‘कोरोना पुष्टि भएपछि आज अस्पताल भर्ना भएको छु । ज्वरो आइरहेको छ र जीउ दुखिरहेको छ । अक्सिजनको लेभल भने ठीक छ,’ घिमिरेले नेपाली बहस डट कमसँग भन्नुभयो ।