अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनाललाई कोरोना संक्रमण

झलनाथ खनाललाई कोरोना संक्रमण


काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना पुष्टि भएपछि उपचारका लागि उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको छ ।

‘नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई कोभिड-१९ को सामान्य लक्षण देखा परेको कारण नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ,’ नेता खनालको नीजि सचिवालयले भनेको छ ।

सचिवालयका अनुसार नेताको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।