अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछापमा ९ स्वास्थ्यकर्मीसहित थप १३ जनामा कोरोना संक्रमण

रामेछापमा ९ स्वास्थ्यकर्मीसहित थप १३ जनामा कोरोना संक्रमण


रामेछाप- रामेछापमा शनिबार थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

सक्रमित हुनेमध्ये ९ जना एउटै अस्पतालका स्वास्थ्यकर्मी छन् । शुक्रबार मन्थली स्थित तामाकोसी अस्पतालबाट ३८ जनाको स्वाब परीक्षणको लागि पठाइएको थियो । तीमध्ये १३ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा आठ पुरुष र पाँच जना महिला छन् ।

संक्रमित स्वास्थ्यकर्मीबाहेक सोही अस्पतालमा उपचार गराइरहेका बिरामी हुन् । यस अघि पनि सो अस्पतालमा उपचार गराइरहेका आठ जना बिरामीमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै रामेछापमा सक्रिय कोभिड संक्रमित संख्या ४१ पुगेको छ ।