अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालद्वारा झलनाथ खनालको स्वास्थ्यलाभको कामना

माधव नेपालद्वारा झलनाथ खनालको स्वास्थ्यलाभको कामना


काठमाडौं- नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेता झलनाथ खनाललाई स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

सामाजिक सञ्जालमा मार्फत् नेपालले कोरोना संक्रमणपटि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालको स्वास्थ्यलाभको कामना गर्नु भएको हो ।

‘हाम्रो पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ नेता नेपालले लेख्नु भएको छ, ‘उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु ।’

कोरोना पष्टि भएपछि नेता खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ । उहाँको सचिवालयका अनुसार नेता खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।